तारकेश्वरमा पहिरोले घर पुर्दा १५ वर्षीया छोरीसहित बुबाको मृत्यु, आमा गम्भीर
मकालु खबर
२०८० साउन २१ गते
काठमाडौं । काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ । नगरपालिका-५ चो गाउँमा राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो ।
प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसारका अनुसार शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको छ ।
सो घटनामा परी आमा सञ्जु तामाङ भने घाइते भएकी छिन । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
मकालु खबर
२०८० साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित