समिति सभापतिमा मिल्यो भाग : कांग्रेस ४, एमाले ३, माओवादी २, जसपाले १ सभापति पाउने
रास्वपा र राप्रपाले नपाउने
मकालु खबर
२०८० साउन २२ गते
काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचत सकिएको झण्डै ९ महिनापछि दलहरुले संसदीय समितिको सभापति चयनमा भागबण्डा मिलाएका छन् ।
सोमबार बसेको संसदीय दलको बैठकमा समितिमा भागबन्डा मिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका हुन् ।
उनका अनुसार सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले २ र जनता समाजवादी पार्टीले १ वटा समितिको सभापति पाउने गरी भागबण्डा मिलेको हो ।
संसदको चौथो ठूलो दल रास्वपा र अर्को ठूलो दल राप्रपाले भने समितिको सभापतिमा भाग नपाउने भएका छन् ।
मकालु खबर
२०८० साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित