सभामुखसहित शीर्ष नेताहरु पुनः छलफलमा
मकालु खबर
२०८० साउन २२ गते
काठमाडौँ । संसदको अवरोध खुलाउन सत्ता पक्षका र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरु पुन छलफलमा जुटेका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सभामुख देवराज घिमिरेसहित नेताहरु छलफलमा जुटेका हुन् ।
सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी संसदीय दलका प्रमुख सचेतकलगायत उक्त छलफलमा सहभागी छन् ।
यसअघि सोमबार बिहान पनि बसेको बैठकमा सहमति हुन नसकेपछि नेताहरु पुनः छलफलमा जुटेका हुन् ।
मकालु खबर
२०८० साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित