शीर्ष नेताहरु फेरी छलफलमा, एमालेको अडान कायमै
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच छलफल भएको छ ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी छन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सभामुखसहित तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको हो ।
प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध हटाउनेबारे छलफल भइरहेको हो ।
एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरेर प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गर्दै आएको छ ।
संसदको अवरोध हटाउन सभामुख घिमिरेले पहल गरिरहेका छन् ।
सोमबार पनि सिंहदरबार र नयाँ बानेश्वरमा सभामुखको कार्यकक्षमा सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच छलफल भएको थियो ।