सरकार र गौर हत्या काण्डपीडितबीच ५ बुँदे सहमति

काठमाडौँ । सरकार र गौर हत्या काण्डपीडित संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ । गृह मन्त्रालयका अधिकारी र पीडित पक्षका प्रतिनिधिबीच मंगलबार उक्त सहमति भएको हो । सहमति त्रमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई र संघर्ष समितिका तर्फबाट अध्यक्ष रुपसागर देवी उपाध्यायको हस्ताक्षर छ ।

सरकार र संघर्ष समितिबीच भएको पाँच बुँदे सहमतिमा गौर घटनाको विषयमा पहिल्यै दर्ता भएका जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी प्रमाणको आधारमा दोषीलाई कानूनी कारबाहीको प्रक्रिया अघि बढाउने उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *