राजनीतिक दलका नेताका कारण संसद् बैठक रोक्न मिल्दैन : रवि लामिछाने
मकालु खबर
२०८० साउन २३ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलका शिर्ष नेताका कारण संसद् बैठक रोक्न नमिल्ने बताए ।
प्रतिनिधि सभाको मङ्गलबार बसेको बैठकमा बोल्दै सभापति लामिछानेले कुनै राजनीतिक दलबिच कुरा नमिल्दा संसद् बैठक रोक्न नमिल्ने बताएका हुन् । उनले सभामुखले भनेको समयमा घण्टी बज्नै पर्ने र संसद बैठक चल्नैपर्ने बताए ।
संसद बैठक चल्ने बेलामा तिनजना शिर्ष नेताहरु मिलेर किन सल्लाह गर्नुपर्यो भनी प्रश्न समेत गरे । उनले वर्षौदेखिको राजनीतिक हस्तक्षेपले राज्यका निकायहरुलाई निकम्मा बनाइरहेको बताए । सभापति लामिछानेले हरेक निकायमा दलका नेताहरुले आफ्ना मान्छेलाई भर्ति गरेका बताए ।
सभापति लामिछानेले एमाले संसदीय समिति सभापतिको भागबन्डामा लागेको भन्दै यसो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी संसदको प्रमुख प्रतिपक्षी दल बनेको बताए ।
मकालु खबर
२०८० साउन २३ गते
प्रतिक्रिया
सम्बन्धित