एमालेको अवरोधपछि शुक्रबार १ बजेसम्मका लागि संसद बैठक स्थगित (तस्बिरसहित)

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा सदंसको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।

एमालेका सांसदहरुले एक क्विन्टल सुन तस्करीबारे छानविन गर्न उच्चस्तरीय आयोग बनाउन माग गर्दै नाराबाजीसहित बुधबारको बैठकमा संसदमा रोष्ट्रम घेराउ गरे ।

त्यसपछि सभामुख देवराज घिमिरेले शुक्रबार १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।

बैठक स्थगित हुनुअघि बैठकको सुरुमै उठेर बिरोध जनाएका एमाले सांसदहरुको तर्फबाट बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले गृहमन्त्रीको मंगलबारको मन्तव्यमा छानबिन समिति गठन गर्ने नभनिएको भन्दै आफूहरुको बिरोध जारी रहने बताए ।

सांसद थापाले बोल्दै गर्दा सत्तारुढ दलका सांसदहरु पनि उठेर बिरोध जनाएका थिए । सभाामुखले पटक–पटक बसेर बैठक सञ्चालनमा सहयोग गर्न अनुरोध गरेपनि सांसदहरु नबसेपछि अवरोधकै बीचमा सांसद थापाले आफ्नो भनाई टुंग्याएका थिए । लगत्तै एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

सुन तस्करीबारेको अनुसन्धानबारे गृहमन्त्रीको जवाफ सुन्न बुधबार एमाले सांसदहरुले संसद सूचारु गर्न दिएका थिए । तर, गृहमन्त्रीले उच्चस्तरीय छानविन आयोग गठनबारे मौन बसेको र कुनै जवाफ नै नदिएको भन्दै उनीहरुले पुनः संसद अवरोध गरेका हुन् ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *