कपनमा महानगरको डोजरपुगेपछि स्थानीयको विरोध
मकालु खबर
२०८० साउन २५ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको डोजर खोला अतिक्रमण गरेर बनाइएका घर भत्काउन भन्दै कपनमा पुगेपछि स्थानीयले विरोध गरेका छन् ।
काठमाडौँ महानगरपालिका १० र बूढानीलकण्ड नगरपालिका ७ को सीमानामा रहेको सात तले चोक नजिकैको खोला मिचेर बनाइएको घर तथा सेटब्याक नछोडी खोला मिचेको पाइएको भन्दै महानगरको टोली पुगेको थियो । तर, स्थानीयमाथि महानगरले वर्षाको समयमा डोजर आतंक मच्चाएको भन्दै उनीहरुले विरोध गरेका थिए ।
स्थानीइको विरोधपछि महानगरले डोजर चलाउन सकेको छैन् । महानगर, बुढानीलकण्ठ नगरपालिका र स्थानीयबासीबीच समस्या समाधानका लागि छलफल भइरहेको छ ।
मकालु खबर
२०८० साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित