सांसद शर्मालाई सीआईबी कार्यालय लैनचौर पुर्‍याइयो

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरी सीआईबीको कार्यालय लैनचौर पुर्‍याइएको छ ।

सांसद शर्मालाई सीआईबीले आज अपरान्ह उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको हो ।

शर्मालाई के कति कारणले पक्राउ गरियो भन्ने विषयमा प्रहरीले खुलाएको छैन । शर्माले एक क्विन्टल सुन तस्करी काण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए ।

सुन काण्डका दोषीलाई कारवाही नगरिए संसद भवनमै आमरण अनसन बस्ने समेत उनले चेतावनी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *