संसदमा अनशन बस्ने पूर्वसूचनापछि सीआईबीको कब्जामा सांसद शर्मा

काठमाडौँ । सांसद सुनिल शर्मा शुक्रबारदेखि संसदमै आमरण अनशन बस्ने पूर्वसूचना पाएपछि (सीआईबी) उनलाई बिहीबार पक्राउ गरेको खुलेको छ । एक क्विन्टल सुन तस्करी प्रकरणमा दोषीलाई छानबिन गरी कारवाही गर्नुपर्ने र नैतिकताका आधारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनुपर्ने मागसहित शुक्रबारदेखि संसदमै आमरण अनशन बस्ने सूचना बाहिरिएपछि सीआईबीले सांसद शर्मालाई पक्राउ गरेको खुलेको हो ।

यसअघि नै उनले आफू उक्त काण्डका दोषीलाई कारवाही नगरे र दुई मन्त्रीले राजीनामा नदिए संसदमै धर्ना बस्ने बताएका थिए ।

त्यही घोषणा अनुसार उनले शुक्रबार अनशन बस्ने तयारी थालेको स्रोतको भनाइ छ । उक्त सूचना पाएपपछि शैक्षिक प्रमाणपत्रको पुरानो मुद्दामा सांसद शर्मालाई पक्राउ गरिएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *