विराटनगरको एस्पायर कलेजले ल्यायाे उत्कृष्ट नतिजा
विराटनगरको एस्पायर कलेजले उत्कृष्ट नतिजा ल्याएको छ। ब्याचलर इन टेक्निकल एजुकेशन आइटिमा अध्यनरत बिद्यार्थीहरुले ४ जिपिए सहित शत प्रतिशत नतिजा ल्याउन सफल भएका हुन् ।
गत असारमा काठमाडौ बिश्वबिद्धालयबाट संचालित प्रथम बर्ष प्रथम सेमेस्टरको परीक्षाको नतिजा सार्वजनिक भएको हो।
कलेजका पाँच जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । यसरी ४ जिपिए ल्याउने बिद्यार्थीहरु तुसार गणेश, कृतिज्ञा कटवाल , सुशान्त नेपाल , दीक्षा राई र गौरव दाहाल रहेका छन्। ८ जना बिद्यार्थीहरुले ३।९ भन्दा बढी जिपिए ल्याएको र बाकी बिद्यार्थीहरुले ३।२४ भन्दा माथि जिपिए ल्याएर उत्तीर्ण भएको कलेजले जनाएको छ।
कलेजका प्रधानाध्यापक चिन्तामणी बस्नेतले कलेजले गर्ने हरेक गतिविधिलाई प्रयोगात्मक कार्यमा फोकस गरिएको बताए । बिद्यार्थीको सिकाइका लागि आवश्यक भौतिक पुर्वाधारमा बिशेष ध्यान दिइएको उनको भनाई छ।
बाकी सेमेस्टरमा पनि अझ उत्कृष्ट नतिजाका लागि तयारी हुन समेत बिद्यार्थीहरुलाइ हौसला प्रदान गरिएको कलेजले जनाएको छ ।
काठमाडौ बिश्वबिद्धालयको साझेदारीमा संचालित एस्पायर कलेजमा होटल म्यानेजमेन्ट र ब्याचलर इन टेक्निकल एजुकेशन आइ टि मा यस बर्षका लागि समेत भर्ना प्रक्रिया सुरु गरिएको छ।