खोला खोल्न कपन पुगेको महानगरको डोजरलाई स्थानीयको विराेध 

काठमाडौँ । काठमाडौं महानगरपालिकाले कपनस्थित खहरे खोलाको उत्खनन गर्न डोजर लिएर टोली पठाएपछि स्थानीय विरोधमा उत्रिएका छन् । खोला उत्खनन गर्न पुगेको टोलीलाई महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेलगायतले अवरोध गरेका हुन् ।

हाल महानगरका प्रतिनिधि टोली र बूढानीलकण्ड नगरपालिकाका प्रतिनिधि टोलीबीच नापी कार्यालय चावहिलमा छलफल भइरहेको छ ।

बूढानीलकण्ठ नगरले भने छलफलका लागि मेयर नआएको भन्दै विरोध जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *