इन्स्टाग्राममा क्रिस्टियानो रोनाल्डोको नयाँ कीर्तिमान

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले पछिल्लो पटक सामाजिक सञ्जालमा फलोअरको नयाँ कीर्तिमान बनाएका छन् । रोनाल्डोलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या ६०० मिलियन पुगेको हो ।

अब रोनाल्डो इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर व्यक्ति बनेका हुन् । यसअघि रोनाल्डोको २०२२ को नोभेम्बरमा ५०० मिलियन फलोअर नाघेका थिए । त्यसपछि एक वर्षभन्दा कम समयमा उनका एक सय मिलियन फलोअर बढेका छन् ।

फुटबल मैदानमा रोनाल्डोसँग सधैँ प्रतिस्पर्धा र तुलना हुने लियोनेल मेसी भने इन्स्टाग्राममा फलोअरको मामिलामा भने धेरै पछाडि रहेका छन् । मेसीका इन्स्टाग्राममा अहिलेसम्म ४८२ मिलियन फलोअर रहेका छन् ।

मेसीपछि तेस्रो स्थानमा धेरै फलोअर हुनेमा गायिका तथा कलाकार सेलेना गोमेज रहेकी छन् । गोमेजको इन्स्टाग्राममा ४२७ मिलियन फलोअर रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *