एमालेमा फर्किनेको लर्को

काठमाडौं । नेकपा एकीकृत समाजवादी छाडेर नेकपा एमालेमा फर्किने नेताहरुको लर्को लाग्न थालेको छ ।

नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादीतर्फ लागेका नेताहरू पछिल्लो समय एमालेमै फर्कन थालेका हुन् ।

शनिबार नेकपा एसकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर एमाले फर्किन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा एमालेमा स्वागत गरे ।

हालसम्म नेकपा एसबाट ३१ जना केन्द्रीय सदस्यहरूले एमालेमा फर्किसकेका छन् । यस्तै ३ जना पदाधिकारी र १४ जना जिल्ला अध्यक्षहरू पनि एमालेमा फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *