एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा सुरु
मकालु खबर
२०८० साउन २९ गते
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा सुन तस्करी प्रकरणसहित समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।
नेकपा एमालेले सुन तस्करीबारे छानविन गर्न उच्चस्तरीय छानविन आयोग गठनको माग राखेर संसद अवरोध गर्दै आएको छ । तर, सरकार भने उक्त समिति गठन गर्ने पक्षमा देखिएको छैन ।
प्रतिनिधि सभाको बैठक आज पनि दिउँसो १ बजेका लागि बोलाइएको छ ।
मकालु खबर
२०८० साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित