प्रतिपक्षी एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक ३ भदौसम्मका लागि स्थगित
मकालु खबर
२०८० साउन २९ गते
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक ३ भदौसम्मका लागि स्थगित भएको छ ।
बैठकको आकस्मिक समयमा सीआईबीबाट पक्राउ परी एक दिनपछि छुटेका नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफू पक्राउ परेको बारे संसदलाई जानकारी गराएपछि एमाले सांसदहरुले नाराबाजीसहित सदनको नियमित कारवाहीमा अवरोध गरेका थिए ।
एमालेले सुन तस्करी काण्डको छानविन गर्न उच्च स्तरीय आयोग बनाउन माग गर्दै संसदमा नाराबाजी गरेको हो । एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले संसद बैठक ३ भदौ दिनको १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।
मकालु खबर
२०८० साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित