एमाले र कांग्रेसले सदन ‘हाइज्याक’ गरे : रवि लामिछाने
मकालु खबर
२०८० साउन २९ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले नेकपा एमाले र नेपाली कांग्रेसले संसद कब्जा गरेको बताएका छन् ।
एमालेको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै सांसद लामिछानेले यस्तो आरोप लगाएका हुन् । उनले सभामुखको कार्यशैलीका कारण पनि संसद अवरोध भइरहेको भन्दै सभामुखको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाए ।
‘संसद हाइज्याक भयो, हाइज्याक गर्न पाइँदैन,’ उनले भने, ‘दल छाडेर सदन छिरेपछि त्यो सम्मानित कुर्सीमा बसेपछि दलको बन्न पाइँदैन ।’
मकालु खबर
२०८० साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित