बुधबार तपाईँको क्षेत्रको मौसम कस्तो ?

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागको एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका पहाडी भू-भागको केहि स्थानहरुमा र बाँकी भू-भागको थोरै स्थानहरुमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *