कस्तो छ कीर्तिपुर बर्न अस्पताल भर्ना भएका चन्द्र भण्डारीको स्वास्थ्य ? 

काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छ । आगलागीमा परेर उपचार गराइरहेका सांसद भण्डारी बुधबार कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् ।

गत ३ फागुनमा आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका उनी लामो समय भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गरेर स्वदेश फर्किएका थिए । आफू बुधबार अस्पताल भर्ना भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

अस्पताल भर्ना हुनुअघि सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘समय न हो निर्णायक, जुन कसैको हातमा छैन । कोसिस न हो, सबैलाई जस्तै जिजीविषाको चाहना मलाई पनि छ । इमानदारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दै छ मेरो शरीर उपचार शैय्यामा केही समयमा ।’

 अवस्था सामान्य रहेको र नियमित उपचारका लागि अस्पताल भर्ना भएका स्वकीय सचिव बोधराज कँडेलले जानकारी दिए । गत फागुन ३ गते बुद्धनगरस्थित घरमा आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *