सर्पले डसेका १६ वर्षीय किशोरले स्टेचरमै गुमाए ज्यान 

काठमाडौँ । डडेल्धुरामा सर्पले डसेर एक किशोरको ज्यान गएको छ । परशुराम नगरपालिका-११ डौणीका १६ वर्षीय कृष्ण धामीको सर्पदंशबाट मृत्यु भएको हो ।

आइतबार बिहान करिब २ बजे सर्पले डसेपछि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो । सडक सुविधाबाट टाढा रहेको गाउँबाट उनलाई स्टेचरमै बोकेर अस्पताल लैजाँदै गर्दै बाटोमै मृत्यु भएको स्थानीय गणेश बोहराले बताए ।

धामी आलिताल गाउँपालिका-६ दोबाटामा रहेको सिद्धभगवती माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *