काठमाडौंका लागि छुटेको बस ब्रेक फेल भएर दाउन्नेमा पल्टियो
मकालु खबर
२०८० भदौ ५ गते
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घिउखोलामा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र०१-००१ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो । विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित घिउखोलामा आज बिहान उक्त बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएकाहरूको मध्यबिन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । घाइते सबैको अवस्था खतरामुक्त रहेको उहाँको भनाइ छ । बसमा ३५ जना यात्रु सवार रहेको जनाइएको छ । रासस
मकालु खबर
२०८० भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित