काठमाडौँ । काठमाडौँ महानगरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ ।
सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने सम्बन्धमा महानगरपालिकालाई आवश्यक पर्ने श्रमशक्तिको आपूर्तिलाई निरन्तरता दिन श्रम बैंक सञ्चालन गर्न लागिएको कामनपाले जनाएको छ ।
सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सम्बन्ध सेतु बनाउनु श्रम बैंकको मुख्य उद्देश्य रहेको महानगरको भनाइ छ । महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैंक योजना सञ्चालन गर्ने नीति लिएको छ ।
योजना सञ्चालनसँगै बेरोजगार श्रम शक्तिलाई रोजगारीमा पहुँच बढाउने महानगरको विश्वास छ । यसबाट श्रम संस्कृतिको विकास हुनाका साथै वैदेशिक रोजगारीमा युवा श्रमशक्तिको पलायनलाई रोकथाम गर्न मद्दत गर्ने महानगरले जनाएको छ । महानगरपालिका क्षेत्रभरी चालु आवको लागि श्रम गर्न इच्छुक व्यक्तिहरूले तोकिएको फाराममा आवश्यक विवरण भरी आफू बसेको वडा कार्यालय वा महानगरपालिकाको रोजगार सेवा केन्द्रमा आवेदन पेस गर्न कामपाले आग्रह गरेको छ ।
चालु आवमा पटके वा दैनिक ज्यालादारीमा काममा लगाउँदा स्वीकृत दर रेटका आधारमा पारिश्रमिक पाउने महानगरले जनाएको छ । रोजगारीका क्रममा कामपावासीले विशेष प्राथमिकता पाउनेछन् । महानगरका लागि आवश्यक श्रमशक्ति दैनिक ज्यालादारी वा पटकेमा लिँदा यसै सूचीकरण बमोजिम मात्र लिइने महानगरपालिकाले जनाएको छ ।
- मेयर बालेन शाह लेख्छन् :-
काठमाडौ महानगरमा रोजगारको अवसर
महानगरमा भएका बेरोजगारहरू तथा रोजगारदाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याइ रोजगारीको अवसर बढाउने तथा श्रम बैंकमा भएका कामदारहरूलाई पूर्वाधार विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक विकासका क्षेत्रमा रोजगारीको अवसर सृजना गराउने लक्ष्य रहेको यस श्रम बैंक परियोजना संचालन गर्न गैरहेका छौ । महानगरले स्थापना गर्ने श्रम बैंकले बेरोजगार युवाहरूको विवरण संकलन गर्ने, उनीहरूलाई शून्य बेरोजगार गौरवको योजना मार्फत आवश्यक प्रशिक्षण दिने, रोजगारदाताको आवश्यकता अनुसार श्रममा पठाउने, निजी क्षेत्रको उद्योग कल कारखाना, व्यवसायमा पठाउने, सरकारी विकास निर्माणका कार्य तथा अन्य परामर्श कार्यमा लगाउने जस्ता कार्यहरू यसले गर्छ ।
काठमाडौ महानगरपालिकाको आर्थिक वर्ष २०८०।८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तरगत श्रम बैंक योजना सञ्चालन गर्ने नीति अनुरुप , सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने सम्बन्धमा महानगरपालिकालाई आवश्यक पर्ने श्रमशक्तिको आपूर्तिलाई निरन्तरता दिन तथा सूचिकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजि क्षेत्रमा समेत रोजगार उपलव्ध गराउने उद्देश्य ले श्रम बैंक परियोजना संचालनमा ल्याइएको हो।
यसै उद्देश्य अनुरुप महानगरपालिका क्षेत्रभरी चालु आर्थिक वर्षको लागि माथि उल्लेखित कार्यहरुमा श्रम गर्न इच्छुक ब्यक्तिहरुले तोकिएको फाराम (अनुसूचि -१) www.kathmandu.gov.np/ बाट download गरेर आवश्यक विवरण भरी आफू बसेको वडा कार्यालय वा महानगरपालिकाको रोजगार सेवा केन्द्रमा अथवा तल दिईएको लिंक मा क्लिक गरि आवेदन फारम भरि पेश गर्न सक्नुहुन्छ । साथै काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा पटके वा दैनिक ज्यालादारीमा काममा लगाउँदा काठमाडौ महानगरपालिकावासीलाई विशेष प्राथमिकतामा राखी स्वीकृत दर रेटका आधारमा पारिश्रमिक पाउने गरी श्रमशक्तिको उपयोग गरिनेछ र आ व ०८०/८१ मा महानगरका लागि आवश्यक श्रमशक्ति दैनिक ज्यालादारी वा पटकेमा लिंदा यसै सूचिकरण बमोजिम मात्र लिइने व्यहोरा समेत जानकारी गराईन्छ | श्रम बैंक मा आबद्द हुन आवस्यक न्युनतम योग्यता
१. काठमाडौँ महानगरको स्थायी बासिन्दा वा महानगर को करदाता वा महानगर भित्र बसोबास गर्ने नेपाली नागरिक ।
२. १८ बर्ष पुरा भई ६० वर्ष ननाघेको
आबेदन दिनका लागि आवस्यक कागजात हरु
१. नेपाली नागरिकता को प्रतिलिपि
२. बसाई सराइ को कागजात
३. भाडामा बस्ने भए घर बहाल सम्झौता को प्रतिलिपि
४. कर दाता भए कर तिरेको प्रमाण पत्र
थप जानकारीका लागि
कल सेन्टर 1180 मा कल गरेर नि बुज्न सक्नुहुनेछ ।