मनमा अत्यधिक निराशाको भावना छ ? ११६६ कल गर्नुस्

काठमाडौं । सरकारले मनमा अत्यधिक निराशाको भावना आएमा निःशुल्क हटलाइन ११६६ मा सम्पर्क गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।

पछिल्लो समय आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएकाले केन्द्रले यस्तो आग्रह गरेको हो । केन्द्रले मनमा अत्यधिक निराशाको भावना आएमा निःशुल्क हटलाइन ११६६ मा नमस्ते नेटवर्कबाट कुनै पनि बेला फोन गर्न र मनोपरामर्शकर्तासँग परामर्श सेवा लिन अनुरोध गरेको छ ।

अप्ठ्यारा दिन सबैको हुने भएकाले सो समयमा धैर्यताका साथ समस्याको समाधान खोजेर अगाडि बढ्न केन्द्रकाे अनुरोध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *