सर्वोच्चमा आज कोशी सरकारविरुद्धको मुद्दामा सुनुवाइ
मकालु खबर
२०८० भदौ १५ गते
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतले आज अन्तिम सुनुवाइ गर्दैछ ।
प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेले सत्तापक्षले संविधान विपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । उक्त रिटमाथि शुक्रवार पूर्ण सुनुवाइ गर्नेगरी यसअघि नै पेसी तोकी सकिएको छ ।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
मकालु खबर
२०८० भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित