मेस्सीलाई पछि पार्दै हालान्ड बने उत्कृष्ट खेलाडी

काठमाडौँ । यस वर्षको युइएफए प्लेयर अफ द इयरको अवार्ड म्यानचेस्टर सिटीबाट खेल्ने नर्वेका इर्लिंग हालाण्डले जितेका छन् । गएराती सम्पन्न एक कार्यक्रममा युरोपियन फुटबल फेडेरेसन (युइएफए) ले वर्षका उत्कृष्ट खेलाडीको घोषणा गरेको हो ।

हालाण्डले लियोनेल मेसी र केभिन डी ब्रुनेलाई पछि पार्दै युरोपको उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका छन् । हालाण्डले गत सिजनमा सिटीका लागि च्याम्पियन्स लिगका ११ खेलमा एक असिस्टसहित १२ गोल गरेका थिए भने प्रिमियर लिगमा ३७ खेलमा ८ असिस्टसहित ३६ गोल गरेका थिए ।

त्यस्तै स्पेनकी महिला खेलाडी एइताना बोनमाती युरोपको महिला वर्ष खेलाडी बनेकी छन् । त्यस्तै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओला वर्षको उत्कृष्ट प्रशिक्षक बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *