भेट्रान डिफेन्डर सर्जियो रामोस स्पेनिस क्लबमै फर्किए

स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोस अन्ततः स्पेनिस क्लबमै फर्किएका छन्।

स्पेनिस क्लब रियल मड्रिड छाडेर फ्रान्सको क्लब पीएसजीमा आवद्ध भएका रामोस त्यहाँ सम्झौता सकिएसँगै क्लबबिहिन बनेका थिए।

सिजनका खेलहरु सुरु भइसकेको र सरुवाको अन्तिम अवधिमा रामोस १८ वर्षपछि आफ्नो बाल्यकालको क्लब सेभिया फर्किएका हुन्। ३७ वर्षीय रामोसले सेभियामा १ वर्षको सम्झौता गरेका छन्।

रियलमा १८ वर्षको बसाईपछि उनी २०२१ मा पिएसजी पुगेका थिए। पिएसजीमा दुई सिजन बिताएपछि उनी फ्रि एजेन्ट बनेका थिए। पिएसजीले उनको सम्झौतालाई नविकरण नगरेपछि सन् २००५ मा स्पेनिस महारथी क्लब रियल म्याड्रिडमा जानुअघि खेलेको सेभियामै आवद्ध भएका हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *