कालोबजारी भएको पाइएमा दोकान बन्द : मेयर हर्क साम्पाङ
मकालु खबर
२०८० भदौ २० गते
काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले चामलमा कालोबजारी नगर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत चामलको भाउ ह्वात्तै बढेको सुन्नमा आएको उल्लेख गर्दै कालोबजारी नगर्न आग्रह गरेका हुन् ।
कालोबजारी भएको पाइएमा दोकान बन्द गर्ने उनको चेतावनी छ । ‘चामलको भाउ ह्वात्तै बढेको सुन्नमा आएको छ ! अनुगमन गर्न लागेको छु ! कालोबजारी भएको पाइएमा दोकान बन्द,’ उनले भनेका छन्, ‘म यस्तो कुरामा धेरै सोचिरहने र बहस पैरवी गरिरहने मान्छे होइन ! अरू जस्तो नठान्नु ! जय जनता !’
मकालु खबर
२०८० भदौ २० गते
प्रतिक्रिया
सम्बन्धित