कनेक्ट आईपिएस र एसिया बैंकको ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइलफोन हातमा’ अफर
काठमाडौँ । सहज बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एन आई सी एसिया बैंकले कनेक्ट आईपिएससँँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग (मोबैङ्क) ग्राहकहरूका लागि ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइलफोन हातमा’ अफर सार्वजनिक गरेको छ ।
बैङ्कका अनुसार सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोबाइल बैकिङ्ग ग्राहकले बैङ्कको मोबाइल बैकिङ्ग (मोबैङ्क) एपको प्रयोग गरी कनेक्ट आईपिएस मार्फत फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।
भाद्र १७ , २०८० गतेदेखि असोज २०, २०८० गतेसम्म लागुहुने उक्त अफर अन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिवारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिने र उक्त विजेताको जानकारी एन आई सी एसिया बैङ्कको आधिकारिक सामाजिक सञ्जालहरू मार्फत सार्वजनिक गरिने बताएको छ ।
फण्ड ट्रान्सफर गर्न आफ्नो मोबाइल बैंकिङ्ग सेवा (मोबैङ्क) एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फण्डट्रान्सफर अप्सनमा क्लिक गरेर अदर बैङ्क युजिङ कनेक्ट आईपिएस छनौट गर्नुपर्ने हुन्छ ।