डच सङ्ग्रहालयले राजकुमारी डायनाको पोसाकहरूसहित ब्रिटिस फेसन प्रदर्शनी गर्ने

काठमाडौँ । नेदरल्याण्ड्सको द हेगको कुनस्टम्युजियममा राजकुमारी डायनाले लगाएका कपडाहरूसहितको ब्रिटिस फेसल प्रदर्शनी हुने भएको छ ।

आगामी सेप्टेम्बर ९ देखि २०२४ को ७ जनवरीसम्म प्रदर्शनी हुन लागेको हो । बेलायती फेसन शैलीको विकास, राजपरिवारदेखि आधुनिक फेसन आइकनहरूको प्रदर्शनी हुने बताइएको छ ।

त्यस्तै प्रदर्शनीमा प्रख्यात ब्रिटिस डिजाइनरमध्ये एक भिभियन वेस्टवुडका डिजाइनहरू पनि प्रदर्शनीमा राखिने बताइएको छ । राजकुमारी डायनाको वार्डरोबका कपडाहरू प्रदर्शनीमा देख्न पाइने बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *