व्यवस्थापन पढेका विद्यार्थीलाई रोजगारी पाउनै मुस्किल

काठमाडौं । विज्ञहरुले विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई रोजगारीसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्वन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

उनीहरुले व्यवस्थापन संकायमा विद्यार्थी संख्या बढेपनि उत्पादित जनशक्तिलाई रोजगारसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्वन गर्न नसकेको बताएका हुन् । विद्यार्थीलाई रोजगारसँग जोड्न उद्योगधन्दाको विकास हुनुपर्ने र राज्यले उपयुक्त नीति अवलम्वन गनुपर्नेमा विज्ञहरुको जोड छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लिराज शर्माले उत्पादित जनशक्तिले सजिलैसँग रोजगारी पाउन नसकेको बताए । शर्माले विद्यार्थीलाई रोजगारसँग जोड्न उद्योग धन्दाको विकास हुनुपर्ने र राज्यले उपयुक्त नीति अवलम्वन गनुपर्ने बताए ।

उनले विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरेपनि दक्षताको अभिवृद्धि गर्ने अवसर नपाउँदा विद्यार्थीहरु विदेश पलायन हुन बाध्य भएको बताए । उनले नेपालमा सञ्चालित उद्योगहरुमा समेत दक्ष र सीपयुक्त जनशक्तिले रोजगार पाउन नसक्नु बिडम्बनाको विषय भएको उल्लेख गरे ।

उनले शिक्षा व्यक्तिको व्यवसायिक मात्रै नभई व्यक्तिगत जीवनशैली र जीवनपद्यतीसँग पनि जोडिएकाले विद्यार्थीको आकर्षण व्यवस्थापन संकायमा बढेको बताए । विश्वविद्यालयले इन्टर्नसिप वा व्यवहारिक रुपबाट शिक्षालाई जोड्नुपर्ने भएपनि अझै त्यसो हुन नसकेको बताए ।

विद्यार्थीको चाप धेरै भएपनि औद्योगीकरण (इन्डस्ट्रीलाईजेसन) र औद्योगिक प्रतिष्ठानहरुमा विद्यार्थीले पर्याप्त अवसर पाउन नसकेको गुनासो गरे । विद्यार्थीहरुलाई व्यवहारमुखी ज्ञान दिन आवश्यक रहेको उनको भनाई छ ।

शर्माले भने, ‘व्यवस्थापन विषय रोजगारी, उत्पादन र उद्यमशीलतासँग जोडिएको छ । र, व्यक्तिको व्यवसायिक मात्रै नभएर व्यक्तिगत जीवनशैली,जीवनपद्यतीसँग पनि जोडिएको शिक्षा भएका कारण धेरै विद्यार्थीको आकर्षण रहेको छ । समयसान्दर्भिक रुपमा हाम्रा पाठ्यक्रमहरुलाई परिवर्तन ग¥यौँ । पाठ्यक्रमलाई सूचना प्रविधिसँगपनि जोड्यौँ । प्रायजसो सबै कार्यक्रमलाई सेमेष्टर प्रणालीमा लग्यौँ । हाम्रा परीक्षा प्रणालीहरुमा हामीले सुधार ग¥याँै । विद्यार्थीको नतिजामा हामीले सुधार ल्यायौँ । धेरै विद्यार्थीहरु उत्पादन र रोजगारीमा जोडिने अवसरपनि प्राप्त गर्नुभयो । त्यसले गर्दापनि विद्यार्थीको आकर्षण यसतर्फ बढेको हो । हामीले जुन रुपबाट हाम्रो पठनपाठनलाई लैजानुपर्ने हो, विद्यार्थीहरुलाई जति इन्डस्ट्री एक्सपोजर दिनुपर्ने हो । जति हामीले उनीहरुलाई इन्टर्नसिप वा व्यवहारीक रुपबाट लैजानुपर्ने हो । त्यो लेभलमा हामी लैजान सकेका छैनौँ । एउटा त विद्यार्थीसंख्या धेरै छ हाम्रो । जुन लेभलको इन्डस्ट्रीलाईजेसन हुनुपर्ने थियो, औद्योगिक प्रतिष्ठानहरुको विकास हुनुपर्ने, जुन किसिमको व्यवसायिक प्रतिष्ठानहरुको विकास हुनुपर्ने थियो, हाम्रा विद्यार्थीहरुले त्यहाँ त्यो अवसर पाउनुपर्ने हो । त्यो खालको अवसरपनि हामी कहाँ कमी छ । विद्यार्थीको संख्या र हामी कहाँ भएका उद्योगधन्दा इत्यादिको स्थापना हुनुपर्ने हो । त्यो कुराको अभावले गर्दा हाम्रा विद्यार्थीहरुले व्यवहारमुखी ज्ञान कतै पाउन नसकेका हुन् की भन्ने कुराको हामीलाई पनि रियलाइजेसन भएको अवस्था छ । डाइरेक्ट विद्यार्थीलाई रोजगारीमा जोड्ने निकाय हामी त होइन । रोजगारीमा जोड्नका लागि त उद्योगधन्दाको विकास हुनुप¥यो । राज्यले त्यस अनुसार पोलिसी अवलम्बव गर्नुप¥यो । जनशक्ति उत्पादन चाहीँ हामीसँग भएको छ । विद्यार्थीहरुलाई एउटा बाध्यता के छ भने दक्ष जनशक्ति नभएर विदेश गएका हौं भन्ने मान्दैनौ । दक्ष जनशक्ति हुँदाहुँदै पनि रोजगारीका अवसरहरु त पाउनुप¥यो । दक्षताको अभिवृद्धि गर्न त उसले यहाँ पाउनुप¥यो । हामीले बीएचएम सञ्चालन गरेका छौँ । होटेल म्यानेजमेण्ट गरेका राम्रो क्वालिफाईड विद्यार्थी पनि आज यहाँ सञ्चालनमा भएका होटेलहरुमा रोजगारी नपाएपछि उनीहरु कहाँ जाने ? बाध्य भएर उनीहरु मलेसिया, दुवैका होटेलमा जानुपर्ने बाध्यता छ । यो कुरामा हामी सबै सचेत हुन जरुरी छ । ’

उनले व्यवस्थापन संकायमा अध्यापनरत शिक्षकहरुको उचित सेवा सुविधाका सन्दर्भमा सरकार गम्भिर नभएको बताए । शर्माले त्रिविले आँगिक क्याम्पसहरुमा पठनपाठन गर्ने शिक्षकहरुलाई तलव,भत्ताको सुविधा दिने गरेपनि बिबिए, बिबिएम, बिआईएम, बिएचएम लगायतमा अहिलेसम्म दरबन्दीको व्यवस्थापन नभएको बताए ।

शर्माले व्यवस्थापन संकायका केही कार्यक्रमहरु सेल्फ सस्टेन्स प्रोग्रामको रुपमा सञ्चालन गरिएको हुनाले आँगिक क्याम्पसमै पनि शुल्क केही बढी भएको स्वीकार गरे ।

उनले सम्पूर्ण भौतिक पूर्वाधारको विकास गर्नेदेखि शिक्षकहरुलाई दिनुपर्ने तलव, भत्ता सुविधा, विद्यार्थीको अतिरिक्त क्रियाकलापमा गर्नुपर्ने सम्पूर्ण खर्चहरु स्वयं कलेजले व्यहोर्नुपरेका कारण पनि शुल्क महँगो हुन गएको स्पष्ट पारे ।

उनले भने, ‘विश्वविद्यालयमा हामीले दुई किसिमका कार्यक्रम सञ्चालन गरेका छाँै । एउटा अर्डिनरी प्रोग्राम छ (बिबिएस, एमबिएस) । त्रिभुवन विश्वविद्यालयले आँगिक क्याम्पसहरुमा पठनपाठन गर्ने शिक्षकहरुलाई तलव,भत्ताको सुविधा दिने गरेको छ । तर, जुन हामीले सञ्चालन गरेका बिबिए, बिबिएम, बिआईएम, बिएचएम लगायतमा अहिलेसम्म दरबन्दीको व्यवस्थापन भएको छैन । त्रिविले वा केन्द्रले यसमा कुनैपनि पैसा क्याम्पस कलेजलाई दिँदैनौ । उहाँहरुले सम्पूर्ण भौतिक पूर्वाधारको विकास गर्नेदेखि शिक्षकहरुलाई दिनुपर्ने तलव, भत्ता वा सुविधा, विद्यार्थीको अतिरिक्त क्रियाकलापमा गर्नुपर्ने सम्पूर्ण खर्चहरु आफूले गर्नुपर्ने हुन्छ । त्यसले गर्दा सेल्फ सस्टेन्स प्रोग्रामहरु सञ्चालन गरिएको छ । सेल्फ सस्टेन्स प्रोग्रामको रुपमा सञ्चालन गरिएको हुनाले आँगिक क्याम्पसमै पनि शुल्क केहि बढी छ । प्राइभेट क्याम्पसमा त उहाँहरुको भाडा आदि इत्यादि धेरै कारणहरु देखाउनु हुन्छ उहाँहरुले । त्यहिकारण फी केही बढी भएको महँगो भएको गुनासो हामीले पनि पाएका छौँ । व्यवस्थापन संकायमा दुई लाख भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत छन् ।’

उनले व्यवस्थापन विषय रोजगारी, उत्पादन र उद्यमशीलतासँग जोडिएको बताए । अहिले त्रिविअन्तर्गत २ लाख बढी विद्यार्थीहरु व्यवस्थापन संकायमा अध्ययनरत छन् ।

विद्यार्थीहरुले आफूले अध्ययन पूरा गरेपनि पर्याप्त रोजगारी र अवसर नपाएको गुनासो गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *