पशुपति क्षेत्रमा मासु र मदिरा निषेध (सूचनासहित)

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । हिन्दु नारीहरूको महान् चाड तीजको अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस्तो आदेश जारी गरेको हो ।

आजबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो कार्य निषेध गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।

पशुपतिनाथ क्षेत्र भित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्यले यी वस्तु निषेध गर्नु परेको प्रशासनको भनाई छ ।

Dao-Kathmandu-notice

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *