क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित
मकालु खबर
२०८० असोज १ गते
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनवाइ हुन सकेन । नाबालिका बलात्कारको आरोप लागेका लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ ।
जिल्ला अदालत काठमाडौँका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण बिदामा रहेकाले सुनुवाइ स्थगित भएको हो ।
अर्को सुनुवाइको मिति भने तोकिएको छैन ।
सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक-पटक स्थगित हुँदै आएको छ ।
१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको एक होटलमा लगेर बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
मकालु खबर
२०८० असोज १ गते
प्रतिक्रिया
सम्बन्धित