बूढानीलकण्ठ स्कुल निजी लगानीका विद्यालयतर्फ तृतीय स्थानमा (तस्बिरहरू)
काठमाडौँ । राष्ट्रिय स्तरमा निजी लगानीका विद्यालयतर्फ बूढानीलकण्ठ स्कुल तृतीय स्थानमा परेको छ । २०७९ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको नतिजा मूल्याङ्कनमा आधारमा बूढानीलकण्ठ स्कुल तेस्रो स्थानमा परेको हो ।
राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा काठमाडौँको प्रज्ञा प्रतिष्ठान भवनमा गरिएको कार्यक्रममा विद्यालयलाई पुरस्कार तथा सम्मान गरिएको छ। पुरस्कार स्वरूप विद्यालयले ‘माध्यमिक विद्यालय राष्ट्रिय शिल्ड’, ध्वजा र रु १ लाख पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेको हो ।
पुरस्कृत हुने सबैलाई कार्यवाहक प्रधानमन्त्री रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षामन्त्री अशोक कुमार राई लगायतले पुरस्कार प्रदान गरेका हुन्। उनीहरूले पुरस्कृत हुने सम्पूर्ण विद्यालयले शैक्षिक स्तर अभिवृद्धि गर्ने कार्यमा विद्यालय सदा क्रियाशील रहोस् भन्ने शुभेच्छा व्यक्त गरे ।
उक्त कार्यक्रममा विद्यालयले आफ्नै शब्द, स्वर, सङ्गीत र रचनाको भएको राष्ट्रियता झल्कने नृत्य प्रस्तुत गरेको थियो । नृत्यमा बौद्धिक पलायनलाई रोक्नुपर्ने र युवाहरू आफ्नै देश निर्माणमा जुट्नु पर्ने भाव प्रस्तुत गरिएको थियो ।
हेर्नुहोस् तस्बिरहरू :