‘मुक्तिनाथ सेयरधनी बचत खाता’ मा थप सुविधाहरू
काठमाडौँ । मुक्तिनाथ विकास बैङ्कले सेवाग्राहीहरूलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकहरूलाई सम्पूर्ण सेवाहरू एकै स्थानबाट उपलब्ध
गराउन मुक्तिनाथ क्यापिटल लि। र सेयर ब्रोकर कम्पनीहरु बीच त्रिपक्षीय व्यावसायिक सम्झौता गरेको छ ।
यो सम्झौता बमोजिमको सुविधाहरू ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ खोल्ने ग्राहकहरूले पाउने छन् । उक्त सम्झौता बमोजिम बैङ्कका ग्राहकहरूले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट तीन वटा कम्पनीहरूले ९मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल लि। र तोकिएका सेयर ब्रोकर कम्पनीहरु० दिने विभिन्न सेवा सुविधाहरू पाउन सक्नेछन् ।
नयाँ व्यवस्था अनुसार ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ न्यूनतम मौजदात रु।१ सयमा खोल्न सकिने, निःशुल्क रजिस्ट्रेसन , निःशुल्क
मोबाइल बैैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग, मुक्तिनाथ क्यापिटल लि।बाट निःशुल्क डिम्याट खाता, मेरो सेयर रजिस्ट्रेसनमा सतप्रतिशतसम्म छुट तथा ब्रोकर कम्पनीहरूबाट निःशुल्क ब्रोकर खाताको सुविधा पाउन सकिनेछ ।
यो सम्झौतामा क्यापिटल म्याक्स ९ब्रोकर नं। ६२०, मियो सेक्युरिटी ९ब्रोकर नं।६६० र हातेमालो फाईनान्सियल सर्भिसेज् आबद्ध हुने भएको छ । सेवाग्राहीहरूलाई उक्त कम्पनीहरूबाट उपलब्ध हुने सेवाहरू भविष्यमा थप गर्दै लैजाने योजना पनि रहेको छ ।