कोका–कोला नेपालले ल्यायो ‘चिल एन विन २.०’ क्याम्पेन
मकालु खबर
२०८० असोज ४ गते
काठमाडौं । कोका कोला नेपालले ‘चिल एन विन’ को अपार सफलता पछि ‘चिल एन विन २.०’ क्याम्पेन फेरी लिएर आएको छ ।
यो क्याम्पेनले ग्राहकहरूलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा बाइक लगायतका पुरस्कारहरू जित्ने अवसर प्रदान गर्नेछ । साथै दैनिक टप–अपसहित स्मार्टफोनहरू पनि प्रदान गरिनेछ । यस रोमाञ्चक क्याम्पेनले ग्राहकवर्गमाझ अनेकौं एक्साईटिङ्ग पुरस्कारहरू जित्ने सम्भावना अगाडि ल्याएको कम्पनीले बताएको छ ।
यस क्याम्पेनमा सहभागी हुन ग्राहकहरूले कोका–कोला, स्प्राइट वा फ्यान्टाका पेट बोतलहरूको लेबलको पछाडि वा कुनै रिटर्नेबल ग्लास बोतलहरू (आरजीबी) को बिर्कोमुनि प्रिन्ट गरिएको युनिक कोड एसएमएस गर्नुपर्नेछ ।
यी कोडहरू ‘चिल एन विन २.०’ क्याम्पेनको वेबसाइटमा मा पनि पठाउन सकिन्छ ।
मकालु खबर
२०८० असोज ४ गते
प्रतिक्रिया
सम्बन्धित