क्यान्सर पीडित पूर्वमन्त्री ‘मायालु’को निधन
मकालु खबर
२०८० असोज ५ गते
काठमाडौं । पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । क्यान्सर लागेपछि काठमाडौंको वीर अस्पतालमा उपचाररत उनको निधन भएको हो ।
डडेलधुरामा जन्मिएका भट्ट गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् । रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम बिष्फोट गराउँदा मोर्चाको उपाध्यक्ष थिए । पछि कांग्रेसको राजनीतिमा लागेका थिए ।
२०५६ सालको आम निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका मायालु केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए । पछि कांग्रेस त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेका उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिए ।
मकालु खबर
२०८० असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित