‘राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी छ’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी भएको बताएकी छन् ।

आईतवार सिंहदरबारमा भएको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताइन् ।

उनले सकारात्मक प्रवृत्ति किनारामा हुँदा नकारात्मकता हाबी भएको बताउनु भयो । उहाँले पत्रकारिता क्षेत्रमा पत्रकारिता कसरी टिकाउने भन्ने चुनौति रहेको पनि बताइन् ।

उनले पछिल्लो समय सूचना प्रविधिमा आएको विकासबाट सही सदुपयोग हुन नसक्दा आएका नकारात्मकताले झनै चुनौति थपेको बताइन् ।

उनले सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउन जरुरी रहेको बताइन् । उनले सञ्चार क्षेत्रसँग संवद्ध, नियम, कानून, ऐनलाई सरकारले व्यवस्थित बनाएर अघि बढ्ने प्रतिवद्धता जनाइन् ।

उनले भनिन्, ‘अहिलेको हाम्रो अभिव्यक्ति स्वतन्त्रता सहितको संघीय, लोकतान्त्रिक गणतन्त्रको व्यवस्था, हामीले जे प्राप्ति गरेका छौँ, त्यो प्राप्तिका पछि पनि चानचुने जोखिम छैन । पत्रकारिता क्षेत्रले पनि उत्तिकै जोखिम मोलेको छ, राजनीतिक क्षेत्रले पनि त्यत्तिकै जोखिम मोलेको छ । अहिले कसैमा पनि भावना सकारात्मक छैन । राजनीतिक व्यक्तिप्रति किन सकारात्मक छैन धारणा भन्दा यहाँ नकारात्मक प्रवृत्ति हाबी छ । सकारात्मक प्रवृत्ति किनारामा छन् । त्यसकारण सतहमा जे छ, त्यही कुरा हाबी हुँदा त्यसको अपजस सबैले भोग्नुपर्छ । पत्रकारिता क्षेत्रमा पनि कैयन कुराहरु छन्, मिडियाको च्यालेन्ज छ । पत्रकारिता टिकाउने कुरा चुनौतिपूर्ण छ । साथै पछिल्लो समय सूचना प्रविधिमा आएको विकासले यसको सदुपयोग, र यसको सदुपयोग हुन नसक्दा देखिएका समस्या छन् । त्यसैले यसलाई व्यवस्थित बनाउँदै यो क्षेत्रलाई व्यवस्थिनत बनाउन जरुरी छ । यस क्षेत्रसँग संवद्ध, नियम, कानून, ऐन यी सबै कुरालाई व्यवस्थ्ति बनाउन जरुरी छ ।’
मन्त्री शर्माले जनताको अवस्था सही बनाउन नसके बोलेर मात्रै व्यवस्था ठिक छ भन्न नसकिने बताइन् ।

हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार, २०८० बाट कान्तीपुर टेलिभिजनका पत्रकार महेश केसी र नेपाल टेलिभिजनका शिव सिलवालाई सम्मान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *