फुडमान्डुमा ५ सयभन्दा कममा पनि फुड अर्डर गर्न मिल्ने, पहिले भन्दा कम डेलिभरी शुल्क
काठमाडौँ । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले रु. ५ सयको न्यूनतम अर्डर रकमको नीति हटाएको छ । साथै, फुडमान्डुले छोटो दुरीमा हुने फुड डेलिभरी शुल्क पनि घटाएको छ ।
अब ग्राहकहरूले रु.५ सयभन्दा कमको पनि अर्डर गर्न सक्नेछन् र यस्ता अर्डरमा मात्र रु. ५० को न्यूनतम शुल्क लाग्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार ग्राहकहरूको सुझावलाई मध्यनजर गर्दै फुडमान्डुले सो नीति परिवर्तन गरेको हो । अब ग्राहकहरूले जतिसुकै रकमको अर्डर गर्न सक्नेछन् ।
साथै, फुडमान्डुले आफ्नो डेलिभरी शुल्कको नीतिमा पनि परिवर्तन गरेको छ । जसले गर्दा छोटो दुरीबाट अर्डर गर्ने ग्राहकहरूलाई फाइदा पुग्नेछ । हालसम्म उपभोक्ताले छोटो दुरीको डेलिभरीको लागि पनि रु. ५० को न्यूनतम डेलिभरी शुल्क तिर्नुपर्ने थियो । परिवर्तित नीतिअनुसार अब १।५ किलोमिटरसम्मको दुरीका लागि रु। २५ र सोभन्दा माथिको दुरीका लागि थप रु। २५ प्रति किलोमिटर तिर्नुपर्ने हुनसक्छ ।
नयाँ नीतिबारे बोल्दै फुडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने ‘रु ५०० को न्यूनतम अर्डर गर्नुपर्ने बाध्यतालाई हामीले सदाको लागी हटाएका छौँ । साथै हामीले हाम्रो डेलिभरी शुल्कमा पनि ग्राहकवर्गलाई फाइदा हुनेगरि केही हेरफेर गरेका छौँ । आजसम्म हामीलाई साथ दिनुहुने र माया गर्नुहुने उपभोक्ताहरूको सुझाव र प्रतिक्रियालाई प्राथमिकतामा राख्दै हामीले यो कदम चालेको छौँ । हामीलाई आशा छ कि हाम्रो यो निर्णयले हाम्रा उपभोक्ताहरूलाई अझै राम्रो सेवा प्रदान गर्नेछ ।’