हेयर केयरलाई सघाउँने ट्रुमी स्याम्पो
काठमाडौँ । अमेरिकी प्रविधिबाट उत्पादित छाला तथा हेयर–केयर सामग्री ट्रुमीले ‘प्रोडक्ट रिभ्यू नोट’ जारी गर्दै यसका उत्पादनहरूको विशेषताबारे बताएको छ ।
नेपालका लागि ट्रुमीको आधिकारिक विक्रेता कम्पनी ट्रु डेर्मा एसएले जारी गरेको ‘रिभ्यू नोट’मा ट्रुमीका स्किन तथा हेयरकेयर प्रोडक्टहरुलाई सिनियर ब्युटिसियन र डेर्माटोलोजिस्टले समेत प्रशंसा गरेका छन् ।
हालसम्म ट्रुमीले बजारमा हेयर केयरका सात महत्वपूर्ण उत्पादनहरू ल्याइसकेको छ । जसमा कपाल झर्ने समस्या समाधानका लागि ‘हेयरफल कन्ट्रोल स्याम्पो’ रहेको छ । सल्फेट नभएको यो स्याम्पोले कपाल झर्ने समस्याको मात्र समाधान र कपाललाई स्वस्थ राख्न र लामो बनाउन मद्दत गर्ने बताइएको छ ।
ट्रुमीका हेयर–केयर ‘प्रोडक्ट रिभ्यू’ गर्दै लागि सिनियर व्युटिसियन रुस्का श्रेष्ठ भन्छिन्, ‘ट्रमीका उत्पादनहरू प्लान्ट बेस प्रोडक्ट हुन् । यसले निकै अध्ययन गरेर गुणस्तरीय सामाग्री ल्याएको छ । यसका हेयर केराटीन, हेयर कलरिङ लगायत जति पनि प्रोड्क्ट छन्, सबै गुणस्तरीय छन् ।’
त्यसैगरी छाला रोग विशेषज्ञ डा असित घिमिरेले पनि ट्रु डर्माको स्तरीय प्रोडक्ट बजारमा ल्याएको संस्थाले नै ट्रुमीका हेयरकेयर सामग्री लन्च गरेकाले यसमा सिधै विश्वास गर्न सकिने बताउँछन् । उनले भने ‘ट्रुमीका उत्पादनहरू नयाँ हुन् तर भरपर्दा छन् ।’