अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सक त्यहीँ रोकिएको भन्ने खबरले दुःखी बनाएको बताएका छन् ।

मंगलबार समाजिक सञ्जालमार्फत उनले गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको जनाएका छन् ।

उनले लेखेका छन्, ‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज आउने छुटेका चिकित्सकको खबरले दुःखी बनायो । गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ ।’

आज बिहान मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सक त्यहीँ रोकिएका थिए ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितका नेताका कारण भीआईपीका लागि सीट जरूरी परेकाले पाँच जना चिकित्सकलाई लैजान नसकिने भनिएपछि सबै चिकित्सक आउन नमानेका हुन् ।

चिकित्सकलाई त्यहीँ छाडेर विमान मुगुबाट उडेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *