सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति

काठमाडौं । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका चिकित्सकबीच सहमति भएको छ ।

उनीहरूबीच चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि कारबाही गर्ने सहमति भएको छ । सहमति अनुसार स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ बमोजिम कारबाही हुनेछ ।

पछिल्लो समय बिरामीका आफ्न्तबाट चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भइरहेको छ । त्यसको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए ।

मंगलबार गृह मन्त्रालयमा भएको छलफलमा हरेक स्वास्थ्य संस्थामा उपचारबारे कुनै गुनासो भए उजुरी गर्ने पेटिका राख्ने र कानुन हातमा लिने प्रयास गरे हुने कारबाहीबारे सूचना राख्ने निर्णय भएको छ ।

साथै अहिले जहाँजहाँ घटना भएको छ, त्यसमा संलग्नहरूलाई ऐन अनुसार नै कारबाही गर्ने सहमति भएको गृह मन्त्रालय स्रोतले बताएको छ ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, नेपाल मेडिकल काउन्सिल, चिकित्सक संघ, नर्सिङ संघ लगायतका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *