गाडीले हानेका सशस्त्रका हवलदारको निधन, गाडी लगेर चालक फरार

काठमाडौँ । बैतडीमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका-८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरामा कार्यरत हवलदार ४० वर्षीय नरेन्द्रसिंह महराको गाडीको ठक्करबाट मृत्यु भएको हो ।

बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा गाडीले राति १ बजेतिर ठक्कर दिएको बताइएको छ । ठक्करपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

महरालाई ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन । गाडीको ठक्करबाट महराको मृत्यु भएपछि अहिले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । मृतकका आफन्तहरूले दोषीको पहिचान नहुँदासम्म गाडी चल्न नदिने चेतावनी दिएका भाटले बताएका छन् । महराको शव बीच सडकमै रहेको छ ।

राजमार्ग अवरुद्ध हुँदा तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका गाडीहरू रोकिएका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *