मुख तथा अनुहारसम्बन्धी चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा

मुख तथा अनुहारसम्बन्धी शल्य चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ ।

मुख तथा अनुहारको शल्य चिकित्सा क्षेत्रको नयाँ–नयाँ ज्ञान, सीप र प्रविधि भित्र्याउने उद्देश्यकासाथ शनिबारबाट सो अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको हो ।

दुई दिनसम्म चल्ने सो सम्मेलनमा विभिन्न ६ वटा मुलुकका मुख तथा अनुहारसम्बन्धी विशेषज्ञहरूले नौ वटा कार्यपत्र प्रस्तुत गर्नेछन ।

मुख तथा अनुहारको शल्य चिकित्साका लागि विश्वका नयाँ नयाँ ज्ञान र सीप भित्र्याउने उद्देश्यका साथ सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालमा आयोजना गरिएको नेप्लिज एशोसिएशन अफ ओरल एण्ड म्याक्सिल्लोफेसियल सर्जन (एनएओएमएस) का महासचिव डा. किशोर भण्डारीले बताए ।

भण्डारी भन्छन्, ‘सम्मेलनमा हामीले संसारका यस विधाका विज्ञहरूलाई बोलाएका छौँ । जसमा हाम्रो ६ विभिन्न देशहरूबाट नौं जनाको उपस्थिति रहेको छ । उहाँहरूले आज र भोली हाम्रो मुख तथा अनुहार शल्य चिकित्साको विभिन्न विधाहरु जस्तो मुखको क्यान्सर भयो, अनुहारमा विकृतिहरू भयो, त्यसपछि आएर दन्त प्रत्यारोपण भयो, अनुहारको कष्मेटिक सर्जरी भयो । यससँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण शीर्षकहरू उहाँहरूले आफ्नो कार्यपत्रहरू प्रस्तुत गर्नु हुनेछ । र, यसले अन्तर्राष्ट्रिय क्षेत्रका विशेषज्ञहरूसँग पनि सहकार्य गरेर शल्य चिकित्साको क्षेत्रमा काम गर्न सहज पनि हुने विश्वास लिएका छौँ ।’

अन्तर्राष्ट्रिय सम्मेलनमा भारत, पाकिस्तान, श्रीलङ्का, इटाली, बेल्जियम लगायतका मुलुकहरुका ख्यातीप्राप्त शल्य चिकित्सकहरु सहभागी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *