म्यानचेस्टर सिटी, युनाइटेड र लिभरपुलको हार, को-को भए विजयी ?

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले यस सिजनमा पहिलो हार बेहोरेको छ । शनिबार सम्पन्न खेलमा वोल्भ्ससँग म्यानचेस्टर सिटी २-१ गोल अन्तरले पराजित भएको हो ।

वोल्भ्सको जितमा ह्वांग ही चानले एक गोल गरेका थिए भने अर्को गोल सिटीका रुबेन डियाजले आत्मघाती गोल गरेका थिए । म्यानचेस्टर सिटीका लागि जुलियन अल्भारेजले एक गोल गरेका थिए । यसअघि इएफएल कपमा न्यूक्यासलसँग पराजित भएको सिटीको यो लगातार दोस्रो हार हो । प्रिमियर लिगमा भने यस सिजनमा सिटीको यो पहिलो हार हो ।

अर्काे खेलमा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको छ । क्रिस्टल प्यालेसको जितमा खेलको २५औं मिनेटमा जोआचिम एन्डरसनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यसैगरी टोटनह्यामले लिभरपुललाई २-१ गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा सन हेंग मिनले एक गोल गरेका थिए भने एक गोल लिभरपुलका जोएल माटिपले आत्मघाती गोल गरेका थिए । लिभरपुलका लागि एक गोल कोडी गाक्पोले गरेका हुन् । यस खेलमा लिभरपुलका कर्टिस जोन्स र डिओगो जोटाले रातो कार्ड पाएपछि लिभरपुल ९ खेलाडीमा खेलेको थियो ।

अन्य नतिजा :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *