पेट्रोलियमको मूल्य बढ्नुमा सरकारको कुनै भूमिका छैन : गंगा दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री गंगा दाहालले पेट्रोलियम पदार्थको मूल्य बढ्नुमा सरकारको कुनै भूमिका नरहेको बताएकी छन् । प्रधानमन्त्रीकी स्वकीय सचिवसमेत रहेकी गंगाले दाहालले मूल्य स्वचालित प्रणाली अन्तर्गत निर्धारण हुने भएकाले सरकारको भूमिका नरहेको बताएकी हुन् ।

सरकारले चाडपर्वको मुखमा भएको मूल्य वृद्धिको कारण परेको मर्कालाई राहत दिने उनको भनाई छ । ‘पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार स्वचालित प्रणाली अन्तर्गत निर्धारण हुने गर्दछ, यसमा सरकारको भूमिका नहुने र अन्तर्राष्ट्रिय बजारमा स्वचालित रूपमा मूल्य बढ्दा मूल्य वृद्धि हुने र मूल्य घट्दा घट्ने हुने गर्दछ ! आशा गरौं चाडपर्वको मुखमा मूल्य वृद्धिको कारण जनताको असुविधाप्रति पक्कै सरकारले केही राहत दिने छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।

नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आजदेखि लागू हुनेगरी ग्यास प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको हो । पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *