झरीले पनि रोकिएन स्थानीय तहका कर्मचारीको आन्दोलन(तस्बिरहरु )
मकालु खबर
२०८० असोज १५ गते
काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकप्रति असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरू आन्दोलित भएका छन् ।
विधेयकका कतिपय व्यवस्था संशोधन गर्न माग गर्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरूले सोमबार काठमाडौँको माइतीघर मण्डलामा हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा उत्रिएका कर्मचारीहरूले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् ।
स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समितिले स्थानीय सेवाका कर्मचारीलाई ट्रेड युनियन अधिकार प्रदान गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाअन्तर्गत नै हुनुपर्ने पनि माग अघि सारेको छ ।
मकालु खबर
२०८० असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित