एमाले कोशी प्रदेशमा मतगणना सुरू
मकालु खबर
२०८० असोज १५ गते
काठमाडौँ । नेकपा (एमाले) कोशीमा मतगणना सुरू भएको छ। सोमबार साझ ५ बजेदेखि मतगणना सुरू भएको हो।
७ स्थानबाट मतगणना सुरू भएको छ। ९९७ जना प्रतिनिधि रहेको प्रदेश अधिवेशनमा ९७७ मत खसेको थियो। अधिवेशनमा ३५ स्थानमा मतदान भएको थियो।
अधिवेशनमा अध्यक्षका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा भएको थियो। मतदान आज बिहान ५ बजे सकिएको थियो।
अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ। त्यसका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको थियो। उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन्।
सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा छ। दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ।
मकालु खबर
२०८० असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित