खुस्बी रौनियारले रहेछन् सडकको बिरुवा उखेल्ने
मकालु खबर
२०८० असोज १६ गते
चितवन । चितवनको भरतपुर महानगरपालिकामा बिरुवा उखेलेर फाल्न एक महिला पक्राउ परेकी छिन् । भरतपुर महानगरपालिका-३ अन्तर्गत सहिदचोक-बेलचोक सडकखण्डमा रोपिएको बिरुवा उखेलेर फाल्ने सोही ठाउँकी २८ वर्षीया खुस्बी रौनियारलाई पक्राउ गरिएको हो ।
सिसिटिभी फुटेजको आधारमा रातको समयमा आफ्नै पसल अगाडि रहेको बिरुवा उखालेर फालेको अभियोगमा रौनियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । उनले घर अगाडि रुख ठूलो भई असर पार्ने जनाउँदै बिरुवा उखेलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
केही दिनअघि मात्रै भरतपुर महानगरपालिकाले वृक्षारोपण महाअभियान चलाएर मेयर रेनु दाहाललगायतको उपस्थितिमा सडकमा बिरुवा रोपेको थियो ।
मकालु खबर
२०८० असोज १६ गते
प्रतिक्रिया
सम्बन्धित