विवेकशील साझाको कोशी प्रदेश अध्यक्षमा श्रेष्ठ निर्वाचित, यस्तो बन्यो प्रदेश समिति

काठमाडौं । विवेकशील साझा पार्टीको कोशी प्रदेश अध्यक्षमा सुदन श्रेष्ठ निर्वाचित भएका छन् ।

इटहरीमा सम्पन्न पार्टीको प्रदेश अधिवेशनले उपाध्यक्षमा हेमन्त भट्टराई, सचिवमा चिरञ्जीवी रेग्मी र कोषाध्यक्षमा अम्बिका चापागाईँ सुवेदीलाई निर्वाचित गरेको प्रदेश निर्वाचन समितिका प्रमुख अजित खड्काले जानकारी दिए । श्रेष्ठ नेतृत्वको समितिमा इन्द्रनारायण साह, टंक फुयल, कमल कार्की ढोली, सन्ध्या दाहाल, भुवन थापा, मनोज विश्वकर्मा, रुपेश मास्के र काशीनाथ सिग्देल प्रदेश सदस्यमा चयन भएका हुन् ।

पहिचानको सम्मान, सहिष्णुताको संबर्धनू मूल नाराका साथ सम्पन्न कोशी प्रदेश अधिवेशन अघि पार्टीको बागमती अधिवेशन सम्पन्न भएको थियो। गत माघमा विवेकशील साझा पार्टीको संघीय अधिवेशन सम्पन्न भएसँगै पार्टीले प्रादेशिक अधिवेशनलाई अघि बढाइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *