नाडामा प्रि–बुक गरिएका सिट्रोनका गाडीहरू ग्राहकले दसैँअघि नै पाउने

काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा।लि।ले नाडा अटो शोमा प्रि–बुकिङ्क गरेका ग्राहकहरूलाई दसैँ अघि नै नयाँ गाडी डेलिभरी गर्न सुरु गरेको छ ।

सांग्रिलाको यो कदमले आफ्ना ग्राहकहरूलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई जनाएको छ ।

भर्खरै समापन भएको नाडा अटो शोमा धेरै ग्राहकहरूले सिट्रोनको नयाँ विद्युतीय गाडी सिट्रोन ई सि थ्रि र पेट्रोल गाडी सिट्रोन सि थ्री बुकिङ गरेका थिए । सिट्रोन ई सि थ्री भारतमा बनेको कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा आकर्षक मूल्यमा उपलब्ध ईभि हो ।

आफ्ना ग्राहकहरूको उत्साहजनक प्रतिक्रियाको लागि कृतज्ञता व्यक्त गर्न सिट्रोनले दसैँ अगावै गाडीहरूको डेलिभरी प्रक्रिया सुरु गरेको कम्पनीले बताएको छ ।

सांग्रिला मोटर्स प्रालिका म्यानेजिङ्ग डाइरेक्टर हेमन्त गोल्छाले भने ‘नाडा अटो शोमा हाम्रा ग्राहकहरूले देखाउनुभएको माया र साथ प्रति हामी आभारी छौँ । जति पनि गाडीहरू नाडा अटो शोमा बुक भएका थिए तिनीहरू सबै दसैँ अगाडि नै वहाँहरूको हातमा पुर्याइसक्ने उद्देश्यले हामीले यी गाडीहरूको डेलिभरी पनि सुरु गरिसकेका छौँ । आशा छ हाम्रा ग्राहकहरूले यो वर्षको दसैँ तिहार सिट्रोनको नयाँ गाडीसँग रमाइलो तरिकाले मनाउनुहुनेछ ।’

सांग्रिला मोटर्स प्रा।लि।ले पोखरा र चितवन लगायत थापाथली, बिर्तामोड, इटहरी, विराटनगर, बुटवल, नेपालगंज, दाङ र धनगढीमा पनि आफ्ना नयाँ शोरुमहरु विस्तार गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *